• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

प्रदेश १ का मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक डाकेका छन् । 

लामो समयदेखिको संसद गतिरोध हटाउन मन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरूलाई बैठकमा सहभागिताको लागि निमन्त्रणा गरिएको एमाले प्रमुख सचेतक बुद्धीकुमारराज भण्डारीले बताएका छन् । 

सर्वदलीय सहमतिको आधारमा संसद सुचारु गर्न बैठक बोलाइएको बताइएको छ । 

प्रदेश १ सभाको हिउँदे अधिवेशनअन्तर्गतको छैटौं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गर्दै आएका छन् ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरूको माग पूरा नभएको खण्डमा सोमबारको बैठक पनि अवरुद्घ गर्ने जानकारी दिएका छन् ।

गत माघ ७ गतेबाट प्रदेश १ को सातौं हिउँदे अधिवेशन शुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै