
निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शनी शुरु गर्न लागिएको महासचिव रोशन दाहालले जानकारी दिए ।
प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित विषयका ३० वटा कक्ष राखिने उनले बताए ।
साधारणसभाको उद्घाटन आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गरे । देशभरका एक हजारभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको बन्दसत्र भने चैत ३० गते सोमबार प्रतिष्ठानमै हुनेछ ।
कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले यससहित अन्य समसामयिक विषयमा छलफल भई साधारणसभाको अन्त्यमा महासंघको काठमाडौँ घोषणापत्र जारी गरिने महासचिव दाहालले बताए ।
साधारणसभा सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषांकको विमोचन गर्नेछन् ।
निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेलाई कार्यक्रममा सम्मानसमेत गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न