
काठमाडौँ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत विभिन्न क्षेत्रका नागरिकलाई प्रदान गरिएको विभूषणमा नेपालको नक्सामा ‘चुच्चे नक्सा’ नसमेटिएको भन्दै व्यापक आलोचना भएपछि सरकारले स्पष्टीकरण दिएको छ ।
२०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणाअनुसार शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेका विभूषणमा राखिएका नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटिएको नक्सा छैन ।
राष्ट्रिय रूपमा महत्त्वपूर्ण तक्मामै यसरी एकाएक अतिक्रमित भूमि गायब गरिएको भन्दै विभिन्न शंका व्यक्त गरिएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको हो ।
मन्त्रालयका अनुसार नेपालको नयाँ नक्सा जारी हुनुअघि नै विभूषण बनाइएकाले त्यसमा पुरानै नक्सा रहेको हो।
यस्तो छ मन्त्रालयले दिएको स्पष्टीकरण
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने महानुभावहरूसाई संवत् २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयार गरिएका विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लिखित विभूषणहरूमा अंकित भएको छ। कोभिड–१९ को कारणबाट २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकोले हाल सुशोभन भएको हो। नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोहीबमोजिमको नयाँ नक्सा अंकित भएको र यसको सुशोभन आगामी २०७८ वैशाख १ मा गरिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार