• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

प्रदेश नं १ प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेशै नगरी स्थगित गरिएको छ।

दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिलागरी सूचारु हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले सदनमा उभिएर विरोध जनाएपछि संसद बैठक स्थगित गरिएको उपसभामुख सरस्वती पोखरेलले जानकारी दिएका छन।

सदनमा उभिएका सांसदलाई पटकपटक बस्न आग्रह गर्दा पनि सांसद उठी रहेपछि उपसभामुख पोखरेलले नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक झलकबहादुर मगरलाई बोल्ने समय दिएका थिए।
 

त्यसपछि बोल्ने समय पाएका नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतका झलकबहादुर मगरले सरकार चौथो वर्षमा प्रवेश गर्दा पनि जनता सरकारबाट सन्तुष्ट नरहेको टिप्पणी गरे।मगरले भनेअहिले हाम्रो र प्रमुख प्रतिपक्षी दल कांग्रेसको धारणामा समानता छ र मुद्दामा पनि दुवै दल बीचऐक्यबद्धता छ।’भन्दै सरकारले चालु आर्थिक वर्षका लागि सञ्चालित योजना अलपत्र अवस्थामा रहेकाले अविलम्ब सञ्चालन गर्नुपर्ने माग गरेका छन।

प्रदेशमा सञ्चालित बहुवर्षीय सडक योजना तथा पुलका काम लथालिंग अवस्थामा रहेकाले बजेटको सुनिश्चिता गरी योजना सञ्चालनमा ल्याउनुपर्ने धारण समेत मगरले प्रदेशसभा बैठकमा राखेका छन।प्रमुख सचेतक मगरले बजेट पुस्तिकामा प्रकाशित निर्वाचन क्षेत्र पूर्वाधार कोष र निर्वाचन क्षेत्र विशेष कार्यक्रम कोष सक्दो छिटो बन्दोबस्त गर्नुपर्ने माग गरेका छन।

उनले संघिय सरकारबाट हस्तान्तरित योजनालाई प्रदेश सरकारले मनोमानी ढङ्गले सञ्चालन गरेकोले सो कार्य रोक्नुपर्ने माग समेत गरे। राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा र वृत्ति विकासमा भेदभाव गरिएको भन्दै सो कार्य रोक्नुपर्ने भन्दै प्रमुख सचेतक मगरले सरकारले हाम्रो मागलाई सम्बोधन नगर्दासम्म सदन चल्न नदिने बताए।प्रदेशसभाको अर्को बैठक यही चैत ३० गते दिउँसो १ बजे बस्ने उपसभामुख पोखरेलले सदनमा जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै