_biyonse.jpg)
काठमाडौं । कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र अफ्रिकन गायिका वियोन्से फ्यामासीले एकसाथ गीत गाउने भएका छन्।
मदनकृष्णले फेसबुकमा स्टाटस लेख्दै आफू र वियोन्सेले युगल गीत गाउन लागेको बताए ।
'वियोन्से र म मिलेर एउटा युगल गीत गाउने तरखरमा छौँ। वियोन्सेको तरुनी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खैँ !’ उनले लेखेका छन्।
'फूलबुट्टे साडी' लाई वियोन्सेले गाएपछि गीतले अन्तर्राष्ट्रियकरण रूप लिएको आफूले महशुस गरेको श्रेष्ठले भनेका छन् ।
यस वर्षको सर्वाधिक चर्चामा रहेको गीत 'फूलबुट्टे सारी' विभिन्न भर्सनमा तयार भए। जसमा मदनकृष्णले लिजेन्ड्री भर्सनमा स्वर भरे। उनको भर्सनलाई पनि धेरैको माया मिल्यो। सोही फूलबुट्टे सारीलाई वियोन्सेले पनि गाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]