
विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सञ्जीव खनाल निर्वाचित भएका छन्।
बुधबार भएको पत्रकार महासंघको निर्वाचनमा खनाल ६ मतान्तरले विजयी भएका हुन्। प्रेस चौतारीका खनालले ९८ मत ल्याएका छन् भने प्रेस युनियन, प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार शंकर खरेलले ९२ मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा संयुक्त प्यानलका मोहन भट्टराई ९७ मतसहित विजयी भएका छन्। उनी आफ्ना प्रतिस्पर्धी चौतारीका सन्तोष सिग्देलभन्दा चार मतान्तरले विजयी भएका हुन्।
त्यस्तै महिला उपाध्यक्षमा युनियन–संगठन प्यानलकी तारा आचार्य १०७ मतसहित विजयी भइन्। सचिवमा चौतारी नेत्रप्रसाद अधिकारी विजयी भएका छन्। उनले ९६ मत पाउँदा उनका प्रतिस्पर्धी युनियन–संगठनका हरि अधिकारीले ९४ प्राप्त गरे।
त्यस्तै समावेशी सहसचिवमा अनिल श्रेष्ठ, खुला सहसचिवमा युनियन–संगठन प्यानलकै पर्शुराम निरौला विजयी भएका छन् भने कोषाध्यक्षमा अभयकुमार राईले विजयी भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न