
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको कार्यलयमा महिलाहरुले तालाबन्दी गरेका छन् ।
सरावल गाउँपालिका न्यायीक समिति संयोजक उत्तमा रायको नेतृत्वमा तथा महिलाहरुको उपस्थितमा सरावल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।
सरावल गाउँपालिका उपाध्यक्ष एवम् न्यायीक समिति संयोजक उत्तमा रायले पिडित महिला लाई न्याय दिलाउन, पिडक कार्यपालिकाका लेखा अधिकृतलाई कार्वाही गर्नुपर्ने र २४ घण्टाभित्र सरुवा गर्नेुपर्ने लगाएतका माग उनीहरुको छ ।
साथै बिश्वब्यापी महिला दिवसको अवसरमा गरिएको महिला हिंसा बिरुद्ध १६ दिने अभियानमा लागिएको खर्च बिल भरपाई लिएर भुक्तानी लिन जादा महिला सञ्जालका सदस्य अनिता कहार लाई लेखा अधिकृतले बिल, भरपाई हेरेर दुई हजार बढि रुपैया कार्यक्रममा खर्च गरेको होइन भन्दै अपशब्द प्रयोग गरेको, लैङ्गकि हिंसा र दुरव्यहार गरेको सञ्जालकी अध्यक्ष मिना चौधरीले बताएकी छन् ।
त्यस्तो हिंसा गर्ने लेखा अधिकृत लाई कार्वाहीको माग गर्दै कडा भन्दा कडा सजाय दिनुपर्ने चौधरीको भनाइ छ ।
पिडित अनिता कहारले महिलाहरुलाई सरकारले हकअधिकार दिए पनि हिंसात्मक रुपमा बाच्नु उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार