
काठमाडौं । केही दिनअघि दीपाश्री निरौला र सरोज खनाललगायत अन्य कलाकारको फेसबुक एकाउन्ट ह्याक भएको थियो।
साइबर अपराध गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको थियो।
फेसबुक एकाउन्टमा जोडिएका साथीहरुसँग पैसा मागेको सूचना परेको निवेदनको आधारमा पक्राउ गरिएको अर्यालले जानकारी दिए।
उनका अनुसार विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुर गरेको पाइएको हुँदा काठमाडौं जिल्ला अदालतको आदेशमा नियन्त्रण लिएर अनुसन्धान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]