Dark

एमालेमा प्रवेश गरेको १८ दिनमै उद्योगी–व्यवसायी प्रधानलाई सरकारको सरप्राइज

काठमाडौं । एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्ति दिएको छ। 

मंगलबार मोरङका किशोरकुमार प्रधानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी प्रधानलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ६ मा एमालेमा स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै