
काठमाडौँ । अमेरिकाका लोकप्रिय र्याप्पर डिएमएक्सलाई ह्रदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।
उनको अवस्था निकै गम्भिर भएको जानकारी वकिल मुरे रिचम्यानले दिएका छन्। ड्रग ओभरडोजले ह्रदयघात निम्त्याएको भन्ने टिएमजीको रिपोर्टको दावी छ।
रिचम्यान यसबारे अनभिज्ञ रहेको कुरा बताउँछन्। डिएमएक्स लागुपदार्थको दुरुपयोगसँग वर्षौँदेखि सार्वजनीक रुप मै लडिरहेका थिए। उनले धेरै समय सुधारकेन्द्रमा बिताएको जानकारी छ। हिप–हप आइकनका रुपमा विश्वप्रख्यात उनले जे–जी, जा रुल, इभ र एलएल कुल जे जस्ता कलाकारसँग काम गरेका छन्।
डिएमएक्स चलचित्र क्षेत्रमा पनि आबद्ध थिए। ५० वर्षे डिएमएक्सको खास नाम अर्ल सिम्मोन्स हो। गत शुक्रबार बेलुकी उनलाई न्यू योर्कको वाइट प्लेन्स अल्पतालमा भर्ना गरिएको थियो। .त्यहाँ उनका परिवारको उपस्थित भएको जानकारी छ। ‘उनीलाई अक्सिजन दिइएको थियो। पछि त्यो हटाइयो अनि, उनले आफैँ श्वास लिन थालेका छन् तर मस्तिष्कको क्रियाकलाप भने अति कम देखिन्छ। ’
१५ बालबालीकाका बुबा उनी विगतमा पशू क्रूरता, लापरवाह डा«इभिंग, लागूपदार्थ र हतियारसँग फेला परेका जस्ता मूद्दामा पक्राउ परेका थिए। सन् २०१८ मा, उनलाई कर ठगीको आरोप लागेको थियो। उनले अदालतमा न्यायधीशको अगाडि आफ्नो एउटा गीत बजाएर समाकालिन समाचारका मुख्य समाचार बन्न पुगेका थिए।
घटनापश्चात न्यायधीशले डिएमएक्स एक ‘राम्रो व्यक्ति’ हो भनी १ वर्षको मात्र सजाय सुनाएका थिए। ‘अर्ल एक असल मानिस हो’, रिचम्यानले भने। ‘अर्ल एक यस्तो व्यक्ति थियो जसले त्यस्तो कथा भन्न सक्थ्यो। ऊ त्यस्तो गहिराई बाक्ने व्यक्ति थियो। उनको यस्तो घटनाले साह्रै भावुक बनाएको छ। ’ –बिबिसिबाट अनुवाद गरिएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]