
रुकुम (पूर्व)। पुथाउरगंगाका गाउँपालिका–१२ र १३ अर्थात् साविकको कोल गाविसका मजदुरीले विद्युत् निर्माणमा काम गरेको ज्याला हालसम्म पाउन सकेका छैनन्।
पुथाउत्तरगंगा–१३ को ओख्मास्थित ओख्माखोला लघुजलविद्युत् आयोजनाका कामदारले ज्याला पाउन सकेका छैनन्। ज्याला पाउन पटकपटक अनुरोध गर्दा पनि नपाइएको उनीहरूको गुनासो छ। सँगै होटल तथा पसलेले समेत गरी करिब ५० जनालाई विद्युत् निर्माण समितिले ज्याला दिन सकेको छैन।
२०६९ सालदेखि यो आयोजना निर्माण थालनी गरिएको थियो।
हामीले काम गरेको विद्युत् आयोजना संचालन भइसकेको छ तर, हामीले श्रमको मूल्य पाएका छैनौँ, मजदुर गंगाप्रसाद बुढा मगरले गुनासो गरे।
६९ किलोवाट क्षमताको विद्युत् निर्माण गर्दा जनश्रमदान गर्नुपर्ने वापतको स्थानीयले श्रमदान नगरेपछि ज्यालामा काम गराउँदा बजेटले धान्न नसकेपछि ज्याला दिन नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रकुमार छन्त्यालले बताए।
वैकल्पिक ऊर्जा प्रवर्धन कार्यक्रमको एक करोड ७५ लाख रुपैयाँ अनुदान र अनुदान बराबर नै जनश्रमदान गर्नुपर्नेमा स्थानीयले श्रमदान नगरेपछि ज्यालामा काम गराउँदा नगद आएको बजेट अपुग भएपछि मजदुरीलाई ज्याला दिन नसकिएको छन्त्यालले जानकारी दिए।
ज्याला दिनका लागि स्रोतको खोजी भइरहेको पनि अध्यक्ष छन्त्यालको भनाइ छ। कामदारले काम गरेबापत रुकम र विद्युत् उत्पादन गर्ने प्राविधिकलाई खुवाएको होटलको खाना, पसलमा सामाग्री खरिद गर्दाको गरी करिब २८ लाख रुपैयाँ तिर्न बाँकी रहेको विद्युत् निर्माण समितिले जनाएको छ।
पुथाउत्तरगंगा–१२ का वडाध्यक्ष गंगाबहादुर पुन मगरले भने जुनसुकै हालतमा मजदुरको ज्याला भुक्तानी गर्नुपर्ने बताए।कामदारको गुनासोलाई सम्बोधन लागि हाल मोटामोटी छलफलमा आधा निर्माण उपभोक्ता समितिले बेर्होने र आधा विद्युत् महसुल तथा निर्माण गर्दा प्रतिघरधुरी पाँच हजार पाँच सय रुपैयाँका दरले उठाउने भनिएको रुपैयाँ उठ्न बाँकी रहेकाबाट उठाएर ज्याला दिने कुरा भइरहेको वडाध्यक्ष पुनले जानकारी दिए।
विद्युत् निर्माणको क्रममा निर्माण समितिले लापरबाही गरेको कारण कामदारले ज्याला पाउन नसकेको वडाध्यक्ष पुनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न