• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

दलित अधिकारसम्बन्धी तीन दिने अभिमुखीकरण तालिम सम्पन्न

वडास्तरीय दलित अधिकारसम्बन्धी तीन दिने अभिमुखीकरण तालिम टोखा नगरपालिका वडा नम्बर ११ मा सम्पन्न भएको छ। 
टोखा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा दलित अधिकारसम्बन्धी संविधान, कानुन, हिंसा र अधिकारका विषयमा तालिम दिइएको हो। 

उक्त अभिमुखीकरण तालिममा महिला र पुरुष गरी ५० जनाको उपस्थिति रहेको थियो। दलित अधिकारसम्बन्धी अभिमुखीकरण तालिमले धेरै नयाँ कुरा जानकारी पाएको सहभागी अम्बिका परियारले बताइन्। ‘हिंसा भनेकै के हो? खासमा विभेद भनेको नै के हो? भन्ने हामीलाई जानकारी रहेनछ, यो तालिमले केही प्रस्ट पारिदिएको छ,’ उनले भनिन् । 
 

दलित समुदायको संवैधानिक, कानुनी अधिकार, महिला उत्पीडन र जातीय विभेदको विषयमा तालिम सञ्चालन गरिएको दलित लक्षित कार्यक्रम संयोजक फुलमाया विश्वकर्माले बताइन्। टोखा नगरपालिका वडा नम्बर ११ की दलित महिला वडा सदस्य भैसकेपछिको अथक प्रयासपछि दलितमैत्री कार्यक्रम गर्न सफल भएको उनले बताइन्। दलित समुदायलाई यसरी अभिमुखीकरण तालिमको बिशेष खाँचो रहेको उनले बताइन्। 

कार्यक्रमका प्रमुख अतिथिका रुपमा पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य मीनबहादुर विश्वकर्मा, वडा ११ का अध्यक्ष उत्तम अधिकारी लगायतको उपस्थिति थियो। दलित अधिकारसम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको समापन कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य मीनबहादुर विश्वकर्माले दलित शब्दप्रति बितृष्णा हुन नपर्ने बताएका छन्।

शब्दप्रतिको हिनताबोध र अपहेलित महसुस गर्न नहुने उनले बताए। आत्मसम्मानका निम्ति पछाडि पारिएको समुदायले बिशेष लगानी गर्नुपर्ने उनको जोड थियो।  दलित भन्ने शब्दमा नअल्झिएर दलित शब्दको व्याख्या नै परिवर्तन गर्न सकिने उनी बताउँछन्। भन्छन्, ‘अब दलित भन्नासाथ शिक्षित, सिपालु, भलाद्मी, परिश्रमी भएर देखाऊँ, आफँैबाट आजैबाट सुरु गरौँ।’

समाजबाट विभेदमा परेका दलित समुदाय त्यसमा पनि महिलाको अवस्था गम्भीर रहेको उनले बताए। प्रत्येक स्थानीय तहमा दलित महिलालाई अनिवार्य गर्नुपर्ने लागु गरेपछि दलित महिलाको अवस्थामा सुधार आएको उनी बताउँछन्। दलित महिलाको अभिमुखीकरणका निम्ति आफूले गर्नसक्ने सहयोग गर्ने उनले बताए। 

कार्यक्रममा बोल्दै टोखा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष उत्तम अधिकारीले प्रत्येक वडामा दलित समुदाय लक्षित अभिमुखी कार्यक्रम आवश्य रहेको बताए। उनले भने, ‘दलित समुदायको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई लक्षित गरी आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरिने छ।’

यस प्रकारका तालिमले दलित समुदायलाई जानकारी मूलक र स्वरोजगारी बनाउन सहयोग पुर्याउने उनको तर्क छ। दलित समुदाय विशेष महिलाहरु आत्मनिर्भर र सक्षम बन्नुपर्ने उनी बताउँछन्। दलित अधिकारसम्बन्धी तीन दिने अभिमुखीकरण तालिममा धनकुमारी सुनार, तिलक विश्वकर्मा, श्याम बिकले प्रशिक्षण दिएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै