.jpg)
बनेपा नगरपालिकाकाले आफ्नो नगर गान र प्रतीक चिह्न (लोगो) को एक साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई उद्घाटन गर्न लगायो। नगर जनप्रतिनिधिले निर्वाचित भएको चार वर्षपछि नगर गान र लोगो बनाएका हुन्।
बनेपा नगरले आफ्नो गीतमा सबै वडाको भूगोल, मठमन्दिर, धर्म–सांस्कृतिक परम्परा, वातावरण, प्राकृतिक सौन्दर्य, व्यापारिक केन्द्र तथा कृषि–सिँचाइलाई समेटिएको र लोगोमा नगरको चर्चित धरोहर चण्डेश्वरी मन्दिरलाई समावेश गराएको छ।
नगरको ४० औँ दिवसमा गान र लोगो सार्वजनिक गरिएको नगर उपप्रमुख रेखा दाहालले बताइन्। उनका अनुसार नगरका कार्यक्रममा नगर गान बजाइनेछ। तीन मिनेट ५४ सेकेन्डको उक्त नगर गानबाट बनेपाको पहिचान फराकिलो हुने विश्वास लिइएको छ। ‘नगर गानको भिडियो बनाएर बनेपालाई थप प्रचारमा ल्याइनेछ’, दाहालले भनिन्।
हालसम्म काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आफ्नो नगर गान बनाएका छन्। नमोबुद्धले तीन वर्षअघि नै आफ्नै नगर गीत बनाएको थियो। धुलिखेलले भने १० वर्षअघि नै नगर–गीत बनाई बजाउँदै आएको छ। पाँचखालले भने आफ्नै गान बनाउने तयारीमा जुटेको जनाएको छ। १३ स्थानीय तह रहेको काभ्रेपलाञ्चोकको हालसम्म बनेपासहित तीन नगरले नगर गान बनाएका हुन्।
विगत तीन वर्षदेखि नमोबुद्ध नगरपालिकाले आफ्ना हरेक कार्यक्रमको शुरुआतमा आफ्नो नगर गान बजाउँछ। छ मिनेट २५ सेकेण्डको नगर गान (भिडियो)मा समेत नगरवासी पौरखी भएकाले आफ्नो नगर आफैँ बनाउने र शुद्ध मन भएका नगरवासीले सत्यपूर्वक शिक्षा, स्वास्थ्य, सुशासनमा रही स्थानीय कला, धर्म र संस्कृतिलाई गहना बनाएको छ।
नगर प्रमुखमा पदबहाली पछि नगर गानको आवश्यकता महसुस गरी शुरुमै निर्माण गरिएको नगरप्रमुख टंकप्रसाद शर्माले बताए। ‘ऐतिहासिक दाप्चा शहर र ऐतिहासिक नमोबुद्ध पर्यटकीयस्थल एवं प्रकृतिको धनी छौँ हामी, यी सबैलाई नगरगानमा समेटेका छौँ’, उनले भने।
उनका अनुसार ऐतिहासिक पलाञ्चोक भगवतीको माइतीका रूपमा परिचित देवीस्थान र धार्मिक दृष्टिले परिचित काँसीखण्ड पनि यही नगरमा पर्दछ। नमोबुद्धको नगर गान यु–ट्युबमा पनि ‘अपलोड’ गरिएको छ।
धुलिखेल नगरको चार मिनेटको नगर गानमा नगर क्षेत्रभित्रका ऐतिहासिकस्थल र पर्यटकीयस्थललाई समेटिएको छ। ‘हामीले हाम्रो कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब नौ वर्षदेखि यो नगर गान बजाउँदै आएका छौँ’, नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भने।
उनले नगर गानलाई केही परिमार्जित गर्न नगरवासीबाटै लिखितरूपमा सुझाव आएको बताए। उनले भने, ‘प्रस्ताव आउने क्रम जारी छ, केही समयपछि ‘सर्टिङ’ गरी छनोटको प्रक्रियामा जानेछौँ।’
धुलिखेल आफैँमा पर्यटकीय नगर हो। धुलिखेलको प्राकृतिक सुन्दरता, उत्तरतर्फका हिमालय पर्वत शृङ्खला सजिलै नियाल्न सकिन्छ भने र सुविधाजनक होटल तथा मनोरम दृश्यका कारण निकै चर्चित बनेको र यी विषयलाई परिमार्जित गीतमा थप समेटिने श्रेष्ठले बताए।
पाँचखाल नपाले पनि हाल आफ्नै नगर गान बनाउने योजना बनाएको छ। ‘गतवर्ष बनाउने योजनामा थियौँ, कोरोनालगायत कारण त्यता ध्यान दिन पाइएन, अब नगर गान बनाउने विषयमा छलफलमा छौँ’, नगर उपप्रमुख लक्ष्मी दनुवारले भने। उनका अनुसार स्थानीय धार्मिकस्थल, पर्यटकीयस्थल र कृषिलाई जोड दिएर नगर गान (अडियो\भिडियो) निर्माण गरिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न