• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

कोमल वलीले मन्त्रीलाई कोट्याएको भिडियो किन बन्यो भाइरल ?

काठमाडौं । सरकारका मन्त्रीहरु पछिल्लो समय विभिन्न हर्कतका कारण चर्चामा आइरहेका छन् ।

उनीहरुले आफ्नो पदीय मर्यादा भूल्दा र बोल्दा गरेको गल्तीका कारण आलोचना सहनु परेको हो ।

केही समय अघि बोल्दा ध्यान नदिँदा तत्कालिन कानून मन्त्री शेरबहादुर तामाङले त राजीनामा नै दिनुपरेको थियो । त्यस्तै खानेपानी मन्त्री मणिचन्द्र थापा पनि नेपालको सरकारको ठाउँमा श्री ५ को सरकार भनेका कारण आलोचित बने ।

वन मन्त्रीले बोल्दा होस नपु¥याउँदा आलोचना खेप्नु परेको थियो । उनले रुखले कार्बोनडाइ अक्साइड दिने भाषण दिएका थिए ।

वनमन्त्रीले नै अक्सिजनकोल ठाउँमा कार्बोनडाइअक्साइड भनेपछि आलोचना भएको हो । त्यस्तै शिक्षा मन्त्रीले एक शैक्षिक कार्यक्रममा गरेको भाषण पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।

यी त भए बोल्न ढंग नपु¥याउँदा आलोचनाका पात्र बनेका मन्त्रीका कुरा ।

एक जना मन्त्री त कार्यक्रम स्थलमा नै निदाएका छन् र अहिले सामाजिक सञ्जालमा यसबारे चर्चा चलिरहेको छ । टिकटकमा मन्त्रीलाई सांसद कोमल वलीले कोट्याइरहेको भिडियो भाइरल नै बनेको छ ।

सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ मंगलबार रिपोर्टर्स क्लबको वाािर्षक उत्सबमा सहभागी बनेका थिए । प्रधानमन्त्रीसमेत सहभागी भएको उक्त कार्यक्रममा मन्त्रीहरु, दलका नेताहरु, सांसदहरुको सहभागीता थियो । कार्यक्रम जारी नै रहँदा मन्त्री गुरुङ भने ड्यासमा मस्त निदाए ।

राष्ट्रियसभा सदस्य कोमल ओलीका छेउमा बसेका मन्त्री गुरुङ कार्यक्रम जारी रहँदा मस्त निदाएका थिए । उनी निदाएपछि कार्यक्रममा सहभागी दर्शकको ध्यान उनीमाथि परेको थियो ।

दर्शकले ध्यान मन्त्री निदाएको तर्फ दिएपछि छेउको कुर्सीमा बसेकी वलील्े असहज महसुस गरिन् र उनलाई उठाउन खोजिन् । तर मन्त्री गुरुङले उठ्ने कुनै संकेत गरेनन् । तर वलीले मन्त्री गुरुङलाई हातले हल्लाइन् र गुरुङ निन्द्राबाट व्यूँझिए ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सामान्य कुरामा वास्ता नगर्दा यस्तो समस्या आउने गरेको छ । आफूलाई धेरैले हेरिरहेको र सुनिरहेको हुन्छन् भन्ने हेक्का र पदीय दायित्व राम्रोसँग वहन गर्न नसक्दा नेताहरु आलोचनाका पात्र बन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
3 %
WOW
0 %
 Like
0 %
Laugh
56 %
Sad
11 %
Angry
31 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै