• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

भारतको सीतामढीमा भेटिएका ७ बालिका–किशोरीलाई आजै घर फर्काउन पहल शुरु

जनकपुरधाम । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको पुष्टि भएपछि उनीहरूलाई घर फर्काउन पहल शुरू गरिएको छ । 

महोत्तरी भंगाहा नगरपालिका–८ धरमपुपरका उनीहरूलाई घर फर्काउन पहल शुरू गरिएको प्रहरीले जनाएको छ।
 

प्रहरी इन्सपेक्टर उमाशंकरप्रसाद साहको टोली सात बालिका–किशोरी लिन सितामढीतर्फ हिँडेका छन् । उनीहरुलाई आजै दिउँसो २ बजेसम्ममा महोत्तरी ल्याइपुर्‍याइने प्रहरीले जनाएको छ । 

ती बालिका तथा किशोरीको परिचय खुल्ने कागजात लिएर सितामढी प्रहरीलाई बुझाएपछिमात्र नेपाल प्रहरीसमक्ष बुझाउन प्रक्रिया थालिने छ ।

मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका उनीहरु महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका ५ बालिका र २ किशोरी बेपत्ता भएका थिए। 
उनीहरू के कसरी भारत पुगे भन्ने विषयमा भने भेट भएपछि मात्र थाहा हुने बताइएको छ ।

भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार उनीहरू ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै