
काठमाडौँ । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको छ। आइतबार कोटेश्वरस्थित होटेल रत्नज्योतिमा सम्पन्न कार्यक्रममा इतरले आदिवासी जनजाति साहित्यकाररलेखक महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको हो।
गत चैत ७ र ८ मा सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाबाट लेखक राजन मुकारुङको अध्यक्षतामा प्रथम केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो। भेलाबाट महासंघले कार्यसमितिसँगै प्राज्ञिक परिषद पनि गठन गरेको थियो। आइतबार सम्पन्न कार्यक्रममा इतरले महासंघको प्राज्ञिक परिषदका सदस्यहरुलाई पनि बधाई तथा शुभकामना दिएको हो।
कार्यक्रममा इतर आवाज साहित्य समाज, दक्षिण कोरियाको तर्फबाट प्रतिनिधिका रुपमा खोम गुरुङ र मातृका नेम्बाङ उपस्थित थिए। कलाकार तथा साहित्यकारहरु बिमला तुम्खेवा, प्रकाश आङ्देम्बे, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, छम गुरुङ, श्याम शाह, ब्रबिम शेर्मा, अनिल सुब्बा, उत्तम लिम्बू, लक्ष्मी योङ्हाङ, जेपी नेम्बाङलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघको केन्द्रीय कार्यसमिति र प्राज्ञिक परिषदका सबैजसो सदस्यहरुको उपस्थिति थियो।
इतर आवाज साहित्य समाज ‘आदिवासी सौन्दर्य र पहिचानको आवाज’ नारासहित दक्षिण कोरियामा कार्यरत नेपाली साहित्यकारहरुले सन् २०१६ मा स्थापना गरेको संस्था हो । यसका संयोजक पराजित पोमु हुन्। संस्थाले गतवर्ष आदिवासी जनजाति र सिमान्तकृत समुदायहरुका ३४१ कविहरुलाई समेटेर कविताकृति ‘इतर कविता’ प्रकाशन गरेको छ।
कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै खोम गुरुङले आदिवासी जनजाति साहित्यकार/लेखक महासंघसँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने बताएका छन्। पहिचानको आन्दोलनलाई गति दिनका लागि महासंघले परिणाममुखी कामहरु गरेर देखाउनुपर्ने उनको भनाई थियो।
महासंघका तर्फबाट इतरलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष राजन मुकारुङले पहिचानको बहसलाई महासंघले थप प्राज्ञिक बनाउँदै लैजाने बताए। पहिचानको आन्दोलनलाई सशक्त बनाउनका लागि मुद्धा मिल्ने संस्थाहरुबीच कार्यगत एकता आवश्यक रहेको उनले बताए। नेपालको शिक्षापद्धति नै त्रुटिपूर्ण रहेकोले यसको परिमार्जन गर्दै आदिवासी जनजाति र सिमान्तकृत समुदायको सौन्दर्यशास्त्रलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्म पठनपाठन गराउनका लागि पाठ्यक्रम निर्माण गर्ने लक्ष्य महासंघको रहेको उनले बताए।
कार्यक्रममा आमन्त्रित अतिथिहरुले पनि महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।
इतर आवाज साहित्य समाज, दक्षिण कोरियाका प्रतिनिधि मातृका नेम्बाङले कविताकृति ‘इतर कविता’माथि विमर्श कार्यक्रम पनि केही दिनभित्रै आयोजना गर्ने तय भएको जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]