• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

४० वर्षपछि खुल्ला आकाशमा आएका तिम्सिना कसरी ६० वर्षमा पनि केटाकेटीजस्तै भए ?

काठमाडौँ । ४० वर्षपछि रिहा भएका इलामका दुर्गाप्रसाद तिमिल्सिना भारतमा बिना कसुर जेल जीवन बिताएर भर्खरै नेपाल फर्केका छन्। उनलाई बिना सुनुवाई विभिन्न जेलमा राखेको थियो। घरबाट तोरी बेच्न भनी हिँडेको उनी कहिल्यै फर्केनन्।

हरेक चाडबाडमा यता घरमा भने आमा सधैँ बाटो  हेरेर रुन्थिन्। २०२४ सालमा वुबा बितेपछि उनका ३ जना भाइबहिनीको पनि मृत्यु भएको रहेछ। उनको आमाको हात पनि छिने। त्यो अवस्थाबट गुज्रिएपछि दुर्गाप्रसादले अब मैले कमाउनुपर्छ, धेरै दुःख भयो भन्ने सोचे। अन्तै जग्गा किन्नु पर्छ भन्ने उनको सोच थियो। त्यसपछि उनी कमाएर आमालाई सुख दिन्छु भनेर हिँडे। तर, छोरा नफर्केपछि उनको आमाको सुखका दिन कहिल्यै आएन।

२०३७÷३८ सालमा तोरी बेच्न हिँडेका थिए। उनलाई बिना कसुर चक्कु देखाएर उनलाई फसाइयो। नैन घलेले आफ्नो श्रीमती मारेको आरोपमा उनलाई उजुरी दिए। तर घले कहिल्यै अदालत गएनन्।  

जेल गएपछि उनलाई विभिन्न किसिमको यातना  दिइयो। उनको शरीरमा अहिले पनि पोलेको डाम प्रष्टै देख्न सकिन्छ। उनको ०७० सालमा चिठ्ठी आयो। आमाको नाम धनमाया, भाइ केदारनाथ र भाइबैनीको नाम लेखिएको थियो। अहिले ४ महिनाअगाडि राधेश्यामदास जो १० वर्ष दुर्गासँगै जेल बसेका थिए। पछि फेरि जेल जादा फेरि देखेपछि अचम्म पर्दै भने। नेपाली व्यक्ति ४० वर्ष जेल बिना कसुर जेलमा छन् भनेर वेस्ट बङ्गाल रेडियो क्लबलाई खबर गरेछन्। त्यो क्लब अचम्ममा परेर उनलाई भेट्न जेलमा गए।

त्यसपछि नेपाली महावाणिज्य दुतावास कलकत्ता ईश्वर राज पौडेल सतिस थापासँग सम्पर्क गरे। उनीहरुले सम्पर्क गरेपछि नेपालमा वरिष्ट वकिल  सतिसकृष्ण खरेल, पूर्वन्यायधीश  बिदुरविक्रम थापासँग सम्पर्क भएपछि उनीहरु मार्फत नै प्रदेश १ का सांसद धिरेन शर्मा सम्पर्कमा आए।

गैरसरकारी संस्था विश्व सेवा विस्तार संस्थाले थाहा पाएपछि धेरै सहयागे गरेका छन्। र दुतावासको सल्लाह बमोजिम गैरसरकारी संस्थाको सहयोगबाट नाता प्रमाणित गर्नको लागि सिभिल कोर्टमा आफन्तहरु गएर ल्याइयो र नाता प्रमाणित गर्नको लागि आमा र भाइको नाम सोध्दा पक्का भएपछि उनीहरुले नेपाल लिएर आउन पाउने भए। बिना कसुर एउटा निर्दोषलाई भारत सरकारले गरेको यो व्यावहार कदापी राम्रो मान्न सकिँदैन।

दुर्गाप्रसाद अहिले नेपाल आइसकेका छन्। उनी आएपछि उनकी बुढी आमाको खुसीको सिमा नै छैन। आउने आशा पनि मारिसकेकी एउटी आमालाई उनको छोरो घर फर्केर आउँदा त्यो भन्दा ठूलो खुसी के हून सक्छ र?

छोरोलाई भेटेपछि दुर्गाप्रसाद तिम्सिनाकी ८३ वर्षीया आमा धनमायाले सोधिन्, ‘छोरो मलाई चिन्छस्? कसरी जेल परिस्?’ भारतको जेलमा ४० वर्ष थुनिएका दुर्गाप्रसाद भने मुख, टाउको र हात चलाएर जवाफ दिन्छन्। उनी राम्रोसँग आमाको अनुहार हेर्न सक्दैनन्।

दुर्गाप्रसाद अन्यायमा परेको कुरा आमालाई सुनाउन खोज्छन् तर सक्दैनन्। आमा भने छेउमा बसेर दुर्गाप्रसादलाई सानो उमेरको याद सम्झाउने प्रयास गर्छिन्। तर, उनी आमाको अनुहार हेरेर बोल्दैनन्। र केटाकेटी हुँदाको केही याद नभएको मुखले भाव व्यक्त गर्छन्। 

भगवान‌ले पनि उनकै परिवारलाई अन्याय गरेको धनमायाले रुन्चे हाँसो देखाउँदै बताइन्। राम्रो कान नसुन्ने धनमाया वरिपरि भेला भएका छरछिमेकीलाई हेरेर घरभित्र पस्छिन्। 

सोमबार कोलकाता उच्च अदालतले निर्दोष ठहर गरेका इलाम माई नगरपालिकाका दुर्गाप्रसाद ६१ वर्षका भए। उनको २० वर्षको उमेरदेखि नै कैदी जीवन सुरु भयो। बाहिरको समाज राम्रो नबुझेका र सामाजिक क्रियाकलापको अनुभवसमेत गर्न दुर्गाप्रसादले पाएनन्। यतिसम्म कि दुर्गाप्रसादलाई समाज मात्र होइन, चाडपर्व र रीतिरिवाज कस्तो हुन्छ भन्ने थाहा नभएको उनको परिवार बताउँछन् । 

नाति–नातिना खेलाउने उमेरमा दुर्गाप्रसादलाई नाबालक जस्तो बोल्न, हिँड्न र खाना खानसमेत उनकी ८६ वर्षीया आमा धनमायाले सिकाइरहेकी छिन्। साथका दुर्गाप्रसादका भतिजाले समेत उनलाई खान र बोल्न सिकाइरहेका छन्। 

‘४० वर्षपछि छोराको अनुहार देखेँ, अनौठो लाग्यो । तर, जिउँदो लास भएपछि घर आयो,’ धनमाया गुनासो गर्छिन्। छोराको अवस्था देख्दा कुन जुनीमा पाप गरेजस्तो लागेको धनमायाले बताइन्। 

‘‘छोरो भेटियो खुसीले गद्‌गद भएँ । तर, छोराको हालत देख्दा भित्रभित्रै पीडाले मुटु नै फुट्न खोज्छ। ८३ वर्षको उमेरमा ६१ वर्षको छोरो केटाकेटीजस्तो बोल्न नजान्ने भेट्दा आमालाई कस्तो हुन्छ होला?’ उनले भनिन्, ‘भारत सरकारले मेरो छोरालाई  अन्याय मात्र गरेन, छोरालाई अपुताली बनायो । मेरो छोराले सबै थोक गुमेपछि जेलबाट छुट्यो । १०–१५ वर्षअघि नै जेलबाट निस्किएको भए बिहे गरेर घरजम त बसाउन सक्ने थियो।’

घर फर्किएपछि दुर्गाप्रसादको व्यवहारमा केही सुधार आएको उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जानकारी दिए। घर आएपछि दुर्गाप्रसाद बोल्न, हिँड्न, खान र हाँस्न थालेको प्रकाशचन्द्र बताउँछन् ।  

नेपाल सरकारले दुर्गाप्रसाद जेलमा बस्दा अन्यायमा परेमा न्यायसँगै क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने उनको माग छ। 

भारतको कलकत्तास्थित दमदम जेलमा ४० वर्षसम्म बिनासुनुवाइ राखिएका दुर्गाप्रसादलाई शनिबार त्यहाँको अदालतले मानसिक अवस्था कमजोर भएको ठहर गर्दै रिहा गरेको थियो। 

दुर्गाप्रसादलाई कोलकातास्थित उच्च अदालतले गत शुक्रबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतले दुर्गाप्रसाद अपराध प्रमाणित नभई ४० वर्ष जेल बसेको परिवारले क्षतिपूर्ति माग गरे उपलब्ध गराउन ठहर गरेको छ।

मानसिक स्थिति ठीक नभएको भन्दै जैसीलाई ६–६ महिनामा स्वास्थ्य परीक्षण गरेर भारतस्थित नेपाली दूतावासमार्फत कलकत्तास्थित दमदम अदालतमा दूतावासले जानकारी गराउनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै