
मंगलबार म्यान्मारका सेनाद्वारा ७ वर्षिय बालीकाको गोलीप्रहार गरी हत्या भएको छ।
बालिका खिनमायो चित हालसम्म कै सबैभन्दा कम उमेरकी मृतक भएकी बिबिसिले जनाएको छ। देशभर प्रदर्शनी भइरहेको कारण म्यान्मार सेनाले आफ्नो सक्रियता बढाएको छ। सेनाले प्रदर्शनकारीको खोजमा विभिन्न घरहरू छापा मार्ने कार्य गरिरहेका छन्। सेनाहरू घरमा हतियारकाे खोजतलास गर्ने र प्रदर्शनकारीहरूको पक्राउ गर्ने कार्यमा सम्लगन भएको जानकारी छ।
खिनमायो चितको दिदीले उनीहरूको घरमा पनि सेनाहरू छापा मार्न आएको कुरा बताइन्। तब सेनाहरूले ढोकामा लात बजारेको र ढोका उनीको बुबाले खोलेकाे जानकारी उनीले बयानमा दिइन्। सेनाले घरमा अरू कोइ छ भनी प्रश्न गर्दा उनीका बुबाले नकारात्मक जवाफ दिएका थिए।
यसैबीच खिनमायो चित दगुरेर बुबाकहाँ अाउँदा उनीलाई गोली हानी हत्या गरिएको भनिएको छ। प्रहरीले उनीको १९ वर्षिय दाइलाइ पनि कुटपिट गरि पक्राउ गरेका छन्। बालीकाको अस्पताल लाने क्रममा गोली लागेको अfधा घण्टापछी मृत्यु भएको थियो। सेनाले बालीकाको हत्या सम्बन्धि भने केही टिप्पणी गरेको छैन।
यसअघि पनि १४ वर्षिय किशोरको म्यानमारको मण्डालेमा गोली हानी हत्या गरिएको जानकारी सेभ द चिल्डरेन नामक संस्थाले गराएको छ। संस्थाले मृतकमध्ये २० जना बालबालीका भएको बताएको छ। यस घटनामा संस्थाले अति उदासीनता जनाएको छ।
बालबालिका झनै सुरक्षीत रहनु पर्ने घरमा नै यसरी हत्या र हिंसा भइरहेको देख्नु परेको नमिठो अनुभव संस्था पोख्छ। एसीस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपि)ले हालसम्म प्रदर्शनीमा २६१ जना मारिएको बताएको छ भने सेनाले जम्मा १६४ जना मारिएको दावी गरेको छ।
बुधबार अधिकारीहरूले ६०० जति पक्राउ परेकाहरूलाई याङ्गोनको कारागारबाट रिअा गरेको छ। यीमध्ये अधिकतम विश्वविद्यालय अध्यनरत विद्यार्थीहरू थिए। एएपिपिका अनुसार वर्तमानकालसम्म कम्तीमा पनि २ हजार प्रदर्शनकारी पक्राउमा परेका छन्।
प्रदर्शनकारीहरूले याङ्गोन र म्यानमारको अन्य धेरै क्षेत्रमा दिपप्रज्वलन समारोह गर्ने निर्णय गरेका छन्। उनीहरूले व्यापार ठप्प पारी घर बस्ने मौन हडताल गर्ने निर्णय पनि गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न