
काठमाडौं। नेपाली सेनाको अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको छ।
२०७६ माघ २३ गते गोरखात्रमा प्रकाशित विज्ञापनअनुसार ०७६\०७७\५३ अनुसार सिंस ६१ अधिकृत क्याडेट छनोट परीक्षाअन्तर्गत लिइएका विभिन्न चरणका परीक्षामा सहभागी उम्मेदवारको अन्तिम परीक्षाफलको नामावलीअनुसार १ सय २ जनाको नाम निकालिएको छ।
जसअनुसार सुदूरपश्चिम प्रदेशकी संगीता धामीले एक नम्बरमा नाम निकाल्न सफल भएकी छन्।
उत्तीर्ण उम्मेदवारलाई आगामी चैत १६ गते बिहान ११ बजे जंगी अड्डाको पश्चिमपपट्टि सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेलमैदानमा अधिकृत क्याडेट सुहाउँदो पोशाकमा उपस्थिति हुन पनि अनुरोध गरिएको छ।
प्रकाशित नतिजामा सिफारिस भएका अधिकृत क्याडेटलाई सम्पूर्ण प्रमाण पत्रका प्रतिलिपि, फोटो ३र३ का दरले छुट्टै नेपाली राखेर आउन पनि भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार