• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

परराष्ट्रविद् श्रेष्ठको ‘नेपाल–बङ्गलादेश सम्बन्ध’ पुस्तक प्रकाशन

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको पछिल्लो पुस्तक ‘नेपाल–बंग्लादेश सम्बन्ध’ प्रकाशित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि हुने बंग्लादेशको दुई दिने राजकीय भ्रमणको पूर्वसन्ध्यामा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले यो पुस्तक प्रकाशनमा ल्याएको हो। 

दुई मुलुकबीच बहुढाँचाको सम्पर्क सञ्जाल र ऊर्जा आपूर्तिमाथि चर्चा चुलिरहेकै बेला परराष्ट्रविद् श्रेष्ठले पुस्तक बाहिर ल्याउने प्रशंसनीय काम गरेका छन्। आठ अध्याय र २२३ पेजमा फैलिएको यस पुस्तकमा लेखकले सन् १९७१ मा उदय भएको मुलुक बंग्लादेशसँगको नेपालको दलगत सम्बन्ध, दुई मुलुकका सेना तथा व्यवस्थापिकाको सम्बन्धबारे चर्चा गरेका छन्।

पुस्तकमा विषयगत रुपमै व्यापार तथा आर्थिक सम्बन्ध, साँस्कृतिक तथा साहित्यिक सम्बन्ध र जनस्तरमा विद्यमान सम्बन्धबारे विहंगम विवेचना गरिएको छ भने अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय परिवेशमा देखा परेका दुई मुुलुकको पृथक भूमिकालाई केलाउने प्रयास भएको छ। 

तत्कालीन प्रतिनिधिसभाको परराष्ट्र तथा मानवअधिकार समितिको सभापति रहँदा सन् १९९८ मार्च ८ देखि १३ सम्म दश सदस्यीय सर्वदलीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बंग्लादेश भ्रमणमा गएका लेखक श्रेष्ठले पुस्तकमा सार्क क्षेत्रीय मञ्च, बिमस्टेक, विकास चतुष्कोण, कोलम्बो प्लान, एसियाली राजमार्ग र एसियाली रेलमार्गको महत्व र उपादेयता पुष्टि गर्ने प्रयास गरेका छन्। 

बंग्लादेशसँग बन्दरगाहसम्मको पारवहन मार्ग नेपालका लागि अपेक्षित रहेको र नेपालमा उत्पादित बिजुली बंग्लादेशको खाँचो भएको धारणा राख्ने श्रेष्ठले ‘उज्यालो भविष्यका लागि दुई क्षेत्रको विकास’ भन्दै ‘जलस्रोत तथा ऊर्जाको विकास’ र ‘जडान’ भनेर क्षेत्र किटान गर्ने प्रयाश पुस्तकमा गरेको भेटिन्छ। उनले जलस्रोतबारेको क्षेत्रीय सम्मेलनमा भाग लिने सिलसिलामा तीन पटक बंग्लादेश पुगेर अनुभव पनि संगाल्ेका छन्। 

पूर्व राजदूत श्रेष्ठ सन् १९९६ को जूनमा बंग्लादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षण गर्ने नेपाली टोलीको सदस्य पनि थिए। 
पुस्तकको मूल्य रु २१५÷– राखिएको छ। परराष्ट्र मामिला ज्ञाता श्रेष्ठका ३३ वटा पुस्तक प्रकाशित छन् जसमा अधिकाँशतः परराष्ट्र मामिलाका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै