
काठमाडौं । सर्बोच्च अदालतले नेकपाको विभाजनलाई अबैध ठहर गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि नेकपा एमाले अहिले सबैभन्दा अफ्ट्यारो अबस्थामा छ ।
पार्टीमा एकछत्र र स्वेच्छाचारी निर्णयको अभ्यास गर्दै आएका पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि झण्डै हाराहारीकै संख्यामा रहेको नेपाल–खनाल समुहले पार्टी भित्रैबाट कडा टक्कर दिइरहेको छ र ओली प्रबृति विरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष गरेको छ ।
नेपाल–खनाल समुहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी भित्रै रहेर ओली प्रबृति विरुद्ध संघर्ष गर्ने लाईन पारित गरेको छ । यता संस्थापन पक्षले भने उक्त भेलामा सहभागीहनेहरुलाई कारवाहि गर्ने प्रक्रिया शुरु गरेको छ । एउटै पार्टीभित्रबाट भएका परस्पर विरोधि गतिविधिले नेकपा एमाले कानुनी रुपमा एउटै दल रहेपनि राजनीतिक रुपमा दुईटुक्रा भइसकेको छ ।
फागुन २८ गते बसेको ओली पक्षको केन्द्रिय कमिटी बैठकले खनाल–नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई एकलौटी रुपमा केन्द्रीय समितिमा मनोनीत गरेपछि एमालेको विवाद उत्कर्षमा पुगको छ र यहि विवादका कारण पार्टी फुटको संघारमा उभिएको छ ।
ओली पक्षले एकलौटी रुपमा गरेका निर्णय सच्याएर सर्बोच्च अदालतको आदेश अनुसार २०७५ जेष्ठ २ को अबस्थालाई टेकेर पार्टीका काम कारवाहि अघि बड्नु पर्ने नेपाल–खनाल सहुको अडान छ भने बदलिंदो परिस्थिती अनुसार फागुन २८ को निर्णयाबाट पछि नहट्ने अडानमा ओली पक्ष छ । दुवै पक्षले आआफ्नो अडान कायमै राखेर अगाडि बढ्दा पार्टी फुटतिर अग्रसर भएको प्रष्टै छ ।
गुट भेलामा जानेलाई कारबाही गर्ने
प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले विहिबार नेकपा एमाले संसदीय दलको बैठक राखे । संसदीय बोर्ड गठन गर्ने जस्ता महत्वपुर्ण निर्णय गराए । आफुहरुले आयोजना गरेको राष्ट्रिय कार्यकता भेलासंग समय जुधाएर राखिएको संसदीय दलको बैठक नेपाल खनाल समूहले भने बहिष्कार गरेको छ ।
यसको प्रतिक्रियामा संसदीय दलको बैठकले पार्टीको विधि र विधानविपरीत गुट भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको विधान विपरीत गतिविधि गर्नेहरुका लागि कारबाही गर्न विधान संशोधनका लागि कार्य दलसमेत गठन गरेको छ । ओलीले प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौडेल सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको हो ।
‘संसदीय दलको नेताले अनिवार्य उपस्थित हुन आग्रह सहितको बैठक बोलाएपछि उहाँहरू बाटैबाट फर्किनुभयो भन्ने जारी आयो । त्यसैले बैठकले पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्छ’, संसदीय दलको बैठक पछि प्रमुख सचेतक भट्टराईले भने ।
‘समस्याको जड ओली प्रबृति ’
एमालेको नेपाल खनाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली पार्टी एकताको मुख्य बाधक रहेकाले त्यसलाई सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन ।
पार्टी जीवनलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजाउँ भन्ने भेलाको मुख्य जोड रहेको छ । एमाले नेता घनश्याम भुषलले भने ‘हामीले पार्टी जीवनलाई नेकपा माओवादी केन्द्रसँग एकीकरण गरेको एक दिनअघि अर्थात् २०७२ जेठ २ गतेतर्फ लैजाँदैछौं । अध्यक्ष ओलीले भेलामा सहभागी हुनेहरुलाई कारबाहीको कुरा गर्नु भएको छ । साँच्ची भन्दा ओलीले राजनीति सक्नुभयो । एमालेको सान, त्यसको वैभव, प्रतिष्ठा थियो । त्यो प्रतिष्ठाको जुन बैभव थियो, त्यो ओलीले एउटा पनि नराखी सिध्याउँदै हुनुहुन्छ । एकपछि अर्को गर्दै सक्नुभयो ।
हामीले माओवादी केन्द्रसँग गठबन्धन र्गयौं । त्यत्रो बहुमत ल्यायौं, एकता गयौं । एकता पनि भत्कायौं। बहुमत पनि गुमायौं । अहिले बाँकी पार्टी एमाले छ, त्यही पनि ओलीले फुटाउन खोज्नुभएको छ । यो चिन्ताको विषय हो । ’ यसको मुख्य कारण ओली प्रबृति भएकाले यो प्रबृतिलाई परास्त पार्ने नेता भुषलको टिप्पणी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न