
काठमाडौँ । हाम्रा सबै गतिविधिमा मस्तिष्कको प्रयोग हुने गर्छ। त्यसैले हामीले हाम्रो शरीरको अन्य अंगजस्तै मस्तिष्कको पनि राम्रो ख्याल गर्नुपर्छ।
मस्तिष्कको राम्रो ख्याल राख्नलाई हामीले स्मरण शक्तिलाई स्वस्थ राख्नुपर्छ। ध्यान केन्द्रित गर्नु छ भने तथा मस्तिष्कको दैनिक कार्यक्षमतालाई तीव्र बनाउनु छ भने हामी केही सजिला व्यायामहरू गर्न सक्छौँ। ती व्यायाम सबै उमेरका मानिसलाई उपयोगी हुन्छन्।
विभिन्न खोजहरूले बताएअनुसार यस्ता व्यायामले मस्तिष्कलाई तेज बनाउने, स्मरण शक्ति बढाउने र ध्यान केन्द्रित गर्ने काम गर्छन्। जसका कारण हामी दैनिक कार्य छिटै र सजिलै गर्न सक्छौँ। यसले हाम्रो जीवनमा समेत सकारात्मक प्रभाव ल्याउने गर्छ।
१. जिग्श पजल
जिग्श पजलमा टुक्राटुक्रा पारिएका साना कार्डहरूलाई जोड्दा एक ठूलो र पूर्ण चित्र बन्छ। अनुसन्धानहरूले पत्ता लगाएअनुसार जिग्श पजलले मस्तिष्कको स्मरण शक्ति, ध्यान दिने र समस्या सुल्झाउने जस्ता गतिविधिमा संलग्न रहने कग्निटिभ क्षमतालाई सक्रिय गर्छ। यसकारण, जिग्श पजलले मस्तिष्कलाई सुदृढ गर्छ।
२. तासको खेल
सन् २०१५ मा गरिएको एक वैज्ञानिक अध्ययनमा तासको खेलले मस्तिष्कको विभिन्न क्षेत्रलाई प्रभाव पार्ने गर्छ। सोही अध्ययनले तासका खेलहरूले सोच्ने क्षमता र स्मरण शक्ति बढाउने कुरा दावी गरेको थियो। तास खेलमध्ये तपाईं सोलिट्यर, ब्रिज, जीख रम्मी, पोकर, हार्टस् र क्रेजी आठहरू खेल्न सक्नुहुन्छ।
३. शब्दावली बढाउने
शब्दावलीमा सम्पन्न हुने प्रयास हाम्रो लागि धेरै नै फाइदाजनक छ। यो सिकाइले हाम्रो मस्तिष्कको खास गरी देख्ने र सुन्ने प्रक्रियामा प्रभाव पार्छ। यो प्रभावले हामी यी दुई गुणासम्म तेज हुन सक्छौँ। यसका लागि हामीले दिनमा एउटा अप्ठ्यारो शब्दको अर्थ हेरी याद गरेर त्यसलाई अर्को दिन पाँच पटकसम्म आफ्ना वाक्यहरूमा प्रयोग गर्ने प्रयास गर्न सक्छौँ।
४. नृत्य
नृत्यका नयाँ चाल सिक्दा पनि हाम्रो मस्तिष्कलाई धेरै सकारात्मक प्रभाव पर्छ। यसले मस्तिष्कको प्रक्रिया तीव्र बनाउनको साथै स्मरण शक्ति बढाउन मद्दत पुर्याउने कुरा रोग रोकथाम र नियन्त्रणको केन्द्रहरूले बताएका छन्। नृत्यको लागि तपाईं क्लासिकल, जुम्बा या हिपहप डान्स क्लासमा भर्ना हुन सक्नुहुन्छ। वा, घरमै अनलाइनबाट एक्लै या साथीहरूसँग सिक्न सक्नुहुन्छ।
५. सबै इन्द्रियको प्रयोग
सन् २०१५ को एक रिपोर्टमा उल्लेख भए अनुसार सबै इन्द्रियको प्रयोग गर्दा पनि मस्तिष्क तेज हुन्छ। यसको लागि हामी कुनै नयाँ रेस्टुरेन्टमा गई राम्ररी दृश्यावलोकन गर्न सक्छौँ, ध्यान केन्द्रित गरि वरपरका आवाज सुन्न सक्छौँ, नयाँ खानेकुरा मगाएर त्यसको छोएर आचार, स्वाद र वासनाको पत्ता लगाउँदै हाम्रो सबै इन्द्रियलाई सक्रिय गर्न सक्छौँ।
६. नयाँ कुरा सिक्ने
हामीले नयाँ कुरा सिक्दा हाम्रो स्मरण शक्ति बढ्ने गर्छ। हामीले घोड्चढी सिक्न सक्छौँ, गिटार बजाउन सिक्न सक्छौँ, गणितको नयाँ प्रश्न या अन्य धेरै कुरा सिक्न सक्छौँ। यो रोचक मात्र नभई फाइदाजनक पनि छ।
७. अरुलाई नयाँ कुरा सिकाउने
हामीले अरुलाई नयाँ कुरा सिकाउँदा आफ्नो ज्ञान अझ धेरै बढ्छ। हामीले नयाँ कुरा सिक्दा सिकेको कुराको अभ्यास भइरहनुपर्छ। कोही अरुलाई हामीले सिकाउँदा हाम्रो त्यस विषयको ज्ञान बढ्छ।
८. संगीत सुन्ने वा बजाउने
शान्त वातावरणमा बसेरभन्दा पनि मनमा खुशी पैदा गर्ने धुनसुन्दा अभिनव समाधानहरु निस्कने कुरा सन् २०१७ मा गरिएको एक अध्ययनले बताएको छ। र, संगीत सुन्दा र बजाउँदा वा बजाउन सिक्दा मस्तिष्कको रचनात्मक शक्ति बढ्छ।
९. नयाँ बाटो हिँड्ने वा अपनाउने
हामीले दैनिक कामकाजलाई सधैँ एकै तरिकाले गर्नुभन्दा विभिन्न तरिका अपनाएर गर्दा हाम्रो मस्तिष्कलाई राम्रो प्रभाव पर्छ। घरबाट काम वा विद्यालय जाँदा र फर्किंदा पनि हामीले सधैँ एउटै बाटोभन्दा पनि फरकफरक बाटो हिँड्ने अभ्यास गर्न सक्छौँ। वा, जाँदा आउँदा सधैँ साधनमा भन्दा पनि कहिले हिँड्दै, कहिले साइकल, कहिले बस, या बाइक गरी जान पनि सक्छौँ। यसले हाम्रो मस्तिष्कलाई सजिलैसँग आफ्नो सोच परिवर्तन गराउन अभ्यास गराउँछ।
१०. ध्यान
हामीले दैनिक ध्यान गर्यौं भने हाम्रो शरिरलाई शान्त र श्वासप्रश्वासको गतिलाई सुस्त बनाउँछ। साथै, तनाव र चिन्ताालाई कम गर्छ। ध्यान गर्दा हाम्रो मस्तिष्कको जानकारी प्रक्रिया गर्ने क्षमता र स्मरण शक्तिको पनि वृिद्घ हुन्छ।
११. नयाँ भाषा सिक्ने
एकभन्दा बढी भाषा बोल्न सके धेरै संज्ञानात्मक फाइदाहरु पाइन्छ भन्ने कुरा सन् २०१२ को खोजको समीक्षामा उल्लेख गरिएको छ। धेरै अध्ययनद्वारा पाइएको निश्कर्षमा द्विभाषित्वले तुलनात्मक हिसाबमा धेरै उत्तम स्मरण शक्ति, सुदृढ दृश्य, स्थानिक क्षमता र उच्च स्तरको रचनात्मकतामा योगदान दिएको छ। एकभन्दा बढी भाषा फरर बोल्न सक्ने व्यक्ति एक कार्यबाट अर्कोमा पनि सजिलै सर्न सक्छन्।
१२. ताइ चीको व्यायाम गर्ने
ताइ ची चीनमा जन्मिएको आन्तिरक मार्सल आर्ट हो। योगाजस्तै यसको अभ्यास पनि विश्वव्यापी लोकप्रिय छ। यसको अभ्यासले मानिकको शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सुधार आउँछ। यसले अस्तव्यस्त जीवनमा पनि सन्तुलन ल्याउने कुरा खुलाइएको छ। ताइ चीको अभ्यासले स्मरण शक्ति बढाउने, राती सुत्दा राम्रो निद्रा पर्ने र तनाव कम गराउने जस्ता फाइदा मस्तिष्कलाई गराउँछ। सन् २०१३ को एक अध्ययनले ताइ ची लामो समयसम्म गरिरहँदा मस्तिष्कले आचार बदलेर यसको आकारमा वृद्घि आउने बताएको छ। हामीले यसको अभ्यास जुनसुकै बेला जुनसुकै ठाउँमा पनि गर्न सक्छौँ।
१३. अरुसँग कुराकानी गर्दा यी कुरा ध्यान गर्ने
जब हामी अरुसँग कुराकानी गर्छौं तब हामी आफ्नो मस्तिष्कलाई कसरत गराइरहन सक्छौँ। जस्तै, हामीले तिनीहरुको टोपीको, प्यान्ट या सर्टको रङ याद गर्न सक्छौँ, चस्माको आकार र रङ याद गर्न सक्छौँ। त्यसपछि, दिनको अन्तमा हामीलाई याद भएका कुरा कापीमा लेख्न सक्छौँ। यस्तो गर्नाले हाम्रो स्मरण शक्तिको वृिद्घ हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न