Dark

जन्मिँदै दुवै हात नभएकी डिग्री होल्डर सुशीलाः खुट्टैले लेखेर नायब सुब्बा 

भनिन्छ- उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। साँच्चै हो पनि। हामी जत्तो लक्ष्य राख्छौँ त्यही अनुसारको सफलता मिल्ने हो। सानो लक्ष्य राखेर ठूलो सफलता कहिल्यै प्राप्त हुँदैन। यस्तै ठूलो लक्ष्य लिएर पनि सफलतापूर्वक पूरा गर्ने मान्छे हुन् सुशिला । अर्थात् सुशिला ढकाल (४१)।

साना साना लक्ष्य लिएर बाँच्नु  भन्दा ठूलै लक्ष्यमा सफल हुने भन्दै उनले कठिन बाटो रोजिन्। लक्ष्य सानो भएर कोही बर्बाद नै त हुँदैन। तर, बर्बाद त त्यतिबेला हुन्छ जब लक्ष्य सानो हुन्छ र फल पनि सानै हुन्छ। 

जन्मिँदै दुवै हात नभएकी सुशिलाले ०६५ सालमा लोकसेवा आयोगले आवेदन खोल्दा नायब सुब्बाका लागि परीक्षा दिइन्। अपांगको कोटामा अन्य ५ जना उनका प्रतिस्पर्धी थिए। त्यसका लागि अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन्।

परीक्षामा सबैलाई पछि पार्दै लोकसेवामा नाम निकालेपछि उनले २०६६ वैशाख ९ मा नायब सुब्बाको नियुक्ति लिइन्। उनको पहिलो पोस्टिङ आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरमा भयो। नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न असम्भव भएकाले आन्तरिक राजस्व विभागमा अनुरोध गरेपछि आठ महिना ललितपुरमा काम गरिन्। 

                                                                    ........

घरमा छोराछोरीको जन्मिँदाको खुशी सबैलाई थाहा छ। तर, सबै जन्मले परिवारमा खुसी नदिँदा रहेछन्।

आजभन्दा करिब ४० वर्षअघिको समाज र सोचाइ। सुशिला नन्मिँदा द्दरमा खुसीयाली छाएन। त्यस घरमा खुसियाली छाएन।कारण थिइन्– सुशिला। जन्मिँदै उनका दुवै हात थिएनन्। बाध्य थिइन्। भनिन्छ नि ईश्वरको वरदान, त्यस्तै आफ्ना पौरखी हात नभए पनि सास थियो- उनी जीवित थिइन्।

स्याङ्जाको मध्यम वर्गीय परिवारमा जन्मिएकी सुशीला बाँच्लिन् भन्ने आश उनको परिवारलाई थिएन। उनी परिवारकी तेस्रो सन्तानको रूपमा जन्मेकी थिइन्। उनी बाँच्छिन् भन्ने आशा पलाउन थाल्यो बिस्तारै।  परिवारको विश्वास बढ्दै गयो। कारण सुशीलाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै थियो। बिस्तारै सुशीलाले सबैको माया पाइन्, पछि परिवार, साथीभाइ र आफन्तको। 

अलिपछि भने गाउँलेहरुले उनका नाना थरी कुरा काट्न थाले। जिन्दगीमा सबै चीज खानु तर हरेश नखानु भनेझैँ उनले हरेस खाइनन्। उनले आफ्ना इच्छा आकाक्षा र चाहनाहरुलाई मर्न दिइनन्।

बुवाले उनलाई गाउँकै कालिका प्राविमा ६ वर्षको उमेरमा भर्ना गरिदिए। त्यति सहज नभएता पनि उनले खुट्टाका दुई औँला प्रयोग गरेर लेख्न सुरु गरिन्। स्कुलको बेन्चमा बसेर लेख्न नमिलेपछि बुबाले एउटा फराकिलो टेबल बनाइदिए। उनको लेखनमा अलिक सहज आयो। सुशीलाले खुट्टाकै औँलाले मेहनत गरेर अरुलाई भेट्टाएरै छाडिन्।

                                                                             ........

कालिका स्कुलबाट प्रावि तह पूरा गरेकी उनले निम्न माध्यमिक तह भने रजस्थल उच्च माविमा पढिन्। आफूलाई सम्हाल्दै अगाडि बढेकी उनलाई दया र माया भन्ने चिज पनि आकाश र जमिनजस्तै रहेछ भन्ने लाग्थ्यो। लोभिपापी समाजका सबै मानिस एकैनासका कहाँ हुन्छन् र? कोही दयाका भावले हेर्दथे, कोही मायालु आँखाले।

कोहिले भन्दथे, ‘विचरीलाई त पूर्वजन्मको श्राप लागेछ।’ मुटु चिमोट्ने यस्ता वज्र धेरैपटक उनका कानमा बर्सिए। ‘ईखबिनाको मान्छे र बिखबिनाको सर्प काम लाग्दैन’ भने झैँ भयो। यस्ता असह्य श्रब्दहरुले उनलाई अझै उर्जा दिन्थे। उनमा केही गर्नुपर्दछ र केही बन्नुपर्दछ भन्ने अठोट झन बढ्दै गयो।

हात छैन चल्दैन भनेर उनले गुनासो गर्नुपर्ने दिन सकिँदै थिए, किनभने पढ्न चाहिने दिमाग उनमा पर्याप्त थियो। त्यसैले उनको पढाइ भने एसएलसीसम्म पुगिसकेको थियो। ०५५ सालमा एसएलसी उत्तीर्ण गरेकी उनी सदरमुकाममा झरेर त्रिभुवन आदर्श क्याम्पसमा पढ्न थालिन्। प्रविणता प्रमाणपत्र तह पढ्दै थिइन्। उनको मैतीदेवीमा बसेर छात्रावास चलाइरहेकी सूर्योदय गल्र्स होस्टेल तात्कालीन वार्डेन विष्णु थापाबाट सोधी खोजी भयो काठमाडौँमा।

                                                                               ........

थापाले सुशिलालाई होस्टल राखेर पढाउने र सबै खर्च आफैंले बेहोर्ने वचनबद्घता दिइन्। त्यसपछि त सुशिलालाई ढुंगा खोज्दा देउता मिल्यो भनेझैँ, उनी आफैँ काठमाडौँ भित्रिएर पढ्न चाहिन्थन्।

तर मध्यम वर्गीय परिवारमा हुर्केकी उनलाई आर्थिक अभाव ठूलो तगारो बनेको थियो। काठमाडौँ पसेकी उनी डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा आईए दोस्रो वर्षमा भर्ना भइन्। २०५७ सालमा काठमाडौँ आएकी सुशीलाले त्यति बेला नै कम्प्युटर सिक्न पनि थालिन्। विए अध्ययन गर्दैगर्दा सुशीलाले नेपाल अपांग मानवअधिकार केन्द्रमा जागिर पनि पाइन्। 

उनले त्रि–चन्द्र क्याम्पस घन्टाघरबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको पढाइ पनि पूरा गरिन्। स्नातकोत्तर पार लगाएकी उनी एलएलबी तेस्रो वर्षमा अध्ययनरत थिइन्। दुबै हात नभएको मान्छे निजी क्षेत्रमा जागिर पाउने सम्भवना थिएन। लहडै लहडमा भिडिन् लोकसेवा नायब सुब्बा तहमा। जुन चुनौतीपूर्ण बाटो थियो उनका लागि।

                                                                            .......

नायब सुब्बाले गर्नेजति काम खुट्टाले नै गर्ने गरेकी उनले खुट्टैले कम्प्युटर सिकिन्। उनी कम्प्युटरमा सफ्टवेयरमार्फत कर संकलनको  काम गरिरहेकी हुन्छिन्। अफिसका सबै काम सफ्टवेयरमा आधारित हुन्छन्। इन्टरनेटबाट डाटा अपडेट गर्छिन् खुट्टाले। उनले राजश्व विभागबाट काम सुरु गरेकी हुन्। सुशीला अहिले ठूला करदाता कार्यालय हरिहरभवनमा कार्यरत छिन्।

यसरी निजामती सेवामै लागेको एक दशक व्यतित भइसक्दा पनि कहिलेकाही सेवाग्राहीहरु आउँदा उनका दुवै हात नदेखेपछि यो कर्मचारीले के काम गर्ला र? पहिला नाक खुम्चाएर हिँडेकाहरु अन्यन्त्रै कोठमा चाहर्ने गरेको तर त्यहाँबाट काम नबनेपछि अन्त्यमा उनकै कोठामा ठोक्किन आइपुग्छन्। उनका काम गराइ, साहस र उर्जा देखेपछि भन्छन्– हामीसँग हातखुट्टा दुवै भएर के गर्न सकेका छौँ र तर तपाईंले त हातखुट्टा हुनेलाई प्रेरणा नै दिनुभएको छ।

                                                                              ........

पाँच वर्षअघि एउटै जिल्लाबासी दल थापा उनको सफलताको कथा पढेर उनलाई खोज्दै कार्यालयमै पुगे। दल थापा पेशाले होस्टल व्यवसायी, शेयर बजारका कारोवारी रहेछन् त्यहीँ चिनजान भयो। थापा सुशिलाको संघर्षशील जीवनको प्रशंसा गरेर थाक्दैनथे। थापा र सुशीलाको सम्पर्क बाक्लिन थाल्यो।

उनीहरुबीच प्रेमको टुसा अंकुराउन थाल्यो। एक मनको नेटवर्क अर्को मनसँग मिलेपछि मायाको कनेक्सन विवाहमा पुग्यो। ७० सालमा बाँधिए विवाह बन्धनमा। यिनै सुशीला एक लाख कर्मचारीहरुको भीडबाट उत्कृष्ठ ४० निजामती कर्मचारी बन्न सफल भइन्। निजामती सेवा दिवसका अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको हातबाट सम्मानित समेत भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
42 %
WOW
32 %
 Like
21 %
Laugh
0 %
Sad
0 %
Angry
5 %

छुटाउनुभयो कि?

सबै