• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

‘चेम्बर अफ कमर्सले मुलुकको आर्थिक विकासमा निरन्तर योगदान पुर्याएको छ’- राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दशकअघि प्रजातन्त्रको उदयसँगै व्यापारी व्यावसायीहरूले नेपाल चेम्बर अफ कमर्स जस्तो प्रतिष्ठित संस्था स्थापना गरी मुलुकको आर्थिक विकासमा निरन्तर योगदान पुर्याएको बताएकी छन्। 

राष्ट्रपति भण्डारीले मुुुलुकको वाणिज्य तथा व्यापार प्रवद्र्धनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल चेम्बर अफ कमर्सले ७० औँ वर्ष पूरा गरेको उपलक्ष्यमा हार्दिक बधाई दिँदै यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरिन्। आज नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त कुरा बताएकी हुन्।

उनले भनिन्, ‘सात दशकअघि प्रजातन्त्रको उदयसँगै व्यापारी व्यावसायीहरूले नेपाल चेम्बर अफ कमर्स जस्तो प्रतिष्ठित संस्था स्थापना गरी मुलुकको आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आउनु भएकोमा सराहना गर्दछु। साथै, यस अवसरमा सम्मानित हुनुहुने वर्तमान तथा पूर्व अध्यक्षहरूको योगदानको स्मरण गर्न चाहन्छु।’ 


 

हाम्रो साँस्कृतिक विरासतले सर्वेभवन्तु सुखीनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणी पश्यन्तु मा कश्चित दुःख भाग्भवेत् भन्ने युगौँदेखि सन्देश प्रवाह गरिरहेको छ बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘यसको अर्थ सबै सुखी होउन्, सबै निरोगी होउन्, सबैको जीवन शान्तिमय होस् र सबैको दुःख नाश होस् भन्ने नै हो।’

उनले आर्थिक विकासबाट समृद्धि हासिल हुने र यसबाटै सुख र शान्ति प्राप्त हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनु पर्दछ भन्ने लागेको समेत बताइन्।  

उनले भनिन्, ‘स्थापनाकालदेखि नै चेम्बरजस्ता संघसंस्थाहरूले हाम्रो साँस्कृतिक मूल्य मान्यतालाई आत्मसात गर्दै उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गर्दै आएका छन्। यसबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ।’ 

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको राष्ट्रपति भण्डारीले बताइन्। 

साथै औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण रहेको र प्राकृतिक स्रोत तथा सम्पदाले भरिपूर्ण यस मुलुकमा रहेका कृषि, जडिबूटी, वन तथा खनिज पदार्थको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन बृद्धि गर्नु आजको आवश्यकता भएको बताइन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै