
काठमाडौँ । काठमाडौँ महानगरको आयोजनामा यस बर्ष ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाइयो। अंग्रेजी बर्षको मार्च १५ तारिखका दिन मनाइने दिवसका अवसरमा हरिभवन सुन्धाराबाट निकालिएको सचेतनामुलक प्रभातफेरी राष्ट्रिय सभा गृहमा पुगेपछि औपचारिक कार्यक्रम चलेको थियो। समारोह अघि हरिभवनबाट सुन्धारा, सहिद गेट, भद्रकाली हुँदै प्रभातफेरी सभागृह पुगेको थियो। र्यालीमा प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, उपभोक्ता अधिकारकर्मी, कर्मचारी, प्रहरी र जनसाधारण सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा महानगरकी उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिकी संंयोजक हरिप्रभा खड्गी श्रेष्ठले, उचित मुल्यमा गुणस्तरीय सामान वा सेवा पाउने उपभोक्ताको अधिकार बचाउन महानगर नियमित बजार अनुगमनमा रहेको जानकारी दिनुभयो। ‘कसैलाई त्रसित बनाउन होइन, प्रचलित कानुनको पालनामा व्यवसायीको इमान्दारिता अनुगमनका क्रममा हेर्ने गरिएको हो। अनुचित व्यापारिक क्रियाकलापमाथि हाम्रो निगरानी छ। सम्झाउँदा बुझाउँदा अटेर गर्नेलाई कानुनी कारवाही पनि गर्नु परेको छ ।’ उपप्रमुखको भनाइ थियो।
काठमाडौँको बजार व्यवस्थापन गर्न काठमाडौँ महानगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल प्रहरीसहितको संयन्त्र निर्माण गर्नु पर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको भनाइ छ। धेरै नियमनकारी निकाय हुँदा उत्पादकदेखि विक्रेतासम्ममा झन्झट भयो। यसबेला संविधानले स्थानीय तहलाई दिएको बजार व्यवस्थापनको एकल अधिकारको पूर्ण कार्यान्वयनमा सबै एकजुट हुनुपर्छ। पराजुलीको भनाइ थियो।
महानगरले बजारमा बिक्री हुने सामानको बिलबिजकमाथि मात्र पनि निगरानी ग¥यो भने बजारमा गुणस्तर र मूल्यमाथिको ठगी धेरै नियन्त्रण हुने थियो। कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्रले बजार व्यवस्थापनमा स्थानीय तहको भूमिकामा चर्चा गर्दै भन्नुभयो, ‘हामीले सबै महानगरमा निरीक्षक अधिकृत तोकेका छौँ। यीमध्ये
काठमाडौँमा अनुगमन क्रियाशील देखियो। अनधिकृत व्यापार गर्नेलाई कारवाही पनि गरेको छ। काठमाडौँको जस्तै अन्य महानगरको क्षमता विकास हुन आवश्यक छ ।’ काठमाडौँ महानगरले आकस्मिक र नियमित बजार अनुगमन गरिरहेको छ। कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार, अनुगमनका क्रममा दर्ता गरे नगरेको, बिल बिजक जारी भए नभएको, ढक तराजु ठीक भए नभएको, राजस्व तिरे नतिरेको, कच्चा वा प्याकेजिङ् गरिएका बस्तुको विक्री प्रबन्ध, म्याद सकिएका सामानको व्यवस्थापनजस्ता विषय हेर्ने गरिएको छ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँ र उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले, व्यापारिक क्रियाकलापको विवरण अद्यावधिक गर्ने तथा एकीकृत बजार व्यवस्थापन गर्ने काममा स्थानीय तहको भूमिका आवश्यक रहेको बताउनुभयो। यस्तै च्याम्बर अफ कमर्स महानगर समितिका प्रथम उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले, सस्तो सामान पाए खरिद गरि हाल्ने, त्यस्ता सामानको गुणस्तर र उपभोग्य मिति नहेर्ने उपभोक्ता बानीमा सुधार नआएसम्म स्वच्छ बजार पाउन कठिन रहेको अनुभव सुनाउनुभयो।
यो बर्षको अन्तरराष्ट्रिय नारा ‘ट््याकलिङ प्लाष्टिक पोलुसन’ रहेको छ। फागुन २१ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा केन्द्रीय बजार अनुगमन समितिका संयोजक एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले नाराको नेपाली रुपान्तरण गर्दै, ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ बनाइयो। काठमाडौँ महानगरले ‘गुणस्तरीय आहार, स्वस्थ्य जीवनको आधार, उपभोक्ता अधिकार, काठमाडौँ महानगरको सरोकार’ नारा तय गरेको छ ।
सन् १९६२ मार्च १५ तारिखका दिन अमेरिकाका ३५ औँ राष्ट्रपति जोन एफ. केनेडीले ‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनौट’ उपभोक्ताका यी प्रमुख ४ वटा अधिकार प्राप्तिका लागि अमेरिकी कंग्रेसमा प्रस्ताव राखेका थिए। यो प्रस्ताव मार्च १५ तारिखका दिन अनुमोदन भएकोले यसै दिनलाई उपभोक्ता अधिकार दिवसका रुपमा मनाउन थालिएको हो। त्यसपछिका हरेक बर्ष यो दिनमा उपभोक्ता अधिकारका विषयमा नीति पैरवी गर्ने तथा अधिकार प्राप्त गर्न सचेतना फैलाउने कार्यक्रमसहित मनाउन थालियो।
दिवस मनाउन महानगरले प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको थियो।
महानगरमा उपप्रमुख खड्गी श्रेष्ठको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ। यही समितिले बजार अनुगमनको काम गरिरहेको छ ।,
बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन माघ ७ गते बसेको ८ औँ नगर सभाको तेस्रो बैठकले ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन- २०७७’ स्वीकृत गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न