
विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए।
उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताए।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिरहेको जानकारी दिए।
गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले विद्युतीय कारोवारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास गरे।
बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेलगायतले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ भने।
गभर्नर अधिकारीले एनएमबी बैंकले महिला उद्यमी सन्तोषी भगतलाई चार प्रतिशत ब्याज दरमा उपलब्ध गराएको रु १० लाख ऋणको कागजात प्रदान गरे।
गभर्नर अधिकारीले एवि टे«डर्सका प्रमुख पशुपति भगतलाई विद्युतीय कारोवार कार्ड पनि हस्तान्तरण गरे। नयाँ गुद्री बजारमा ४०० व्यवसायीलाई विद्युतीय कार्ड प्रदान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]