• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

नेपाली सैनिक दिवस तथा महाशिवरात्रिका पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ।

नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरिएको हो।

 दुई चरणमा सञ्चालन गरिएको प्रतियोगितामा ४० वर्ष माथिकालाई पाँच किलोमिटर र ४० वर्ष मुनिकालाई नौ किलोमिटर दूरीमा दौडाइएकोे थियो।

चालीस वर्षमाथिका पाँच किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय दिलबहादुर रोकाया तथा ४० वर्ष मुनिको नौ किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, द्वितीय प्रकाश कठायत र तृत्तीय अंगद धामी भए।

 प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु सात हजार, रु पाँच हजार र रु तीन हजार तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको गणपति दिवाकर रायमाझीले बताए। 

साथै विश्व कीर्तिमान कायम गरेका पृथक धावक हरि रोकायालाई ढाका टोपी लगाएर सम्मान गरिनाका साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र दिइएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै