• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

१० हजार रुपैयाँ लगानीमा एक लाख भन्दा बढी आम्दानी

दाङ। विगत ३ वर्षदेखि दाङको तुलसीपुर उपमहानगरपालिका ७ गैरापातुका बल बहादुर वली उखु खेती गर्दै आएका छन्।

जम्मा २ कठ्ठा जमिनमा उखु लगाएका उनी लामो समयसम्म भारतको सिमलामा बसेका आएका हुन्। विदेशमा सिकेको सीपअनुसार उखु खेती गर्दै आएका वली भारतको सिमलामा पनि उखुखेतमै संलग्न रहेको बताउँछन्।

मेला महोत्सवमा उखु बेच्दै आएपनि कोरोना महामारीका कारण बन्द भएपछि हिजो-आज उनले साइकलमा उखु बोकी बजारमा बेच्ने गरेका छन्। दैनिक एक हजारदेखि ५ हजारसम्मको उखु उनले साइकलमा नै बोकेर बेच्दै आएको बताएका छन्।

‘दिनभरी तुलसीपुर बजारमा उखु डुलाउछु। साँझ घर पुगेर हिसाब गर्दा दैनिक एक हजारदेखि ५ हजारसम्म बिक्री गर्दै आएको छु,’ उनले भने।

तुलसीपुर बजार, विद्यालयसम्म पुगेर उखु बिक्री गर्ने गरेका उनले अघिल्ला वर्षहरूमा मेला महोत्वसव हुँदा दुईरचार दिन मै सबै उखु बिक्री हुने गरेको बताए। हिजो आज बिक्रीका लागि तयार भएको उखु फागुन अन्तिमसम्ममा पनी बिक्री भइनसक्दा उखुमा नुनिलो पदार्थ बढ्ेर खेर जाने गर्दछ। 

वार्षिक एक लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्ने गरेका उनले शुरूमा १० हजार रुपैयाँ लगानी गरेका थिए। उनले शुरूमा तरकारी खेती गरेको बताए। तर, त्यसबाट  खासै आम्दानी नभएपछि ३ वर्षदेखि व्यवसाय परिर्वतन गरी उनी उखु खेती तिर लागेका हन्।

‘तरकारी खेतीमा रासायनिक मल तथा किटनाशक विषादीको प्रयोग धेरै हुने हुनाले मानव स्वास्थ्यमा असर पुर्‍याउने, दररेट घटबढ भइरहने र सड्ने समस्या हुन्थ्यो,’ उनले भने, ‘तर, उखु खेतीमा सो समस्या कम हुन्छ, यो पूर्णतस् अर्गानिक खेती हो। उखु विभिन्न रोगका बिरामीलाई पनि अत्यन्त लाभदायी हुन्छ। उखु लगाएको १० महिनाबाट उत्पादन लिन सकिने र ६ देखि ८ महिना सम्ममा बिक्री गर्न सकिने भएकोले मुल्यमा पनि तलमाथि हुँदैन।’ 

उनले प्रतिडण्डीको ७० रुपैयाँदेखि १५० रुपैयाँका दरले बिक्री गर्ने गरेको बताए। तर बजारमा भने उखुको रस बेच्नेहरूले प्रतिकिलो १० ले राख्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै