
रुकुम (पूर्व) । भूमे गाउँपालिका र बाग्लुङको निसिखोला गाउँपालिकाबीचको सीमा विवाद चैत महिनाभित्रै समाधान समाधानका लागि दुवै गाउँपालिकाले कार्यदल गठन गरेका छन्। भूमे गाउँपालिकाको कार्यालय खाबाङ बगरमा दुवै गाउँपालिकाको तर्फबाट विवाद समाधानका लागि कार्यदल गठन गरेको हो।
कार्यदलले चैत महिना भित्र सम्पूर्ण विवाद समाधान गर्ने छ। सीमाको विवाद मिलानका लागि सम्बन्धित क्षेत्रमा पुग्ने लगायतको जिम्मेवारी कार्यदलले पाएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए।
भूमे गाउँपालिकाले प्रवेशद्धार बनाउन लाग्दा निसिखोला गाउँपालिकाले अवरोध गरेको थियो भने सडक निर्माणको क्रममा भूमे गाउँपालिकाले सहमति दिएको थिएन। पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रमा विकासको प्रयास गर्दा दुवै पक्षबाट अवरोध भएको थियो। त्यसपछि दुवै गाउँपालिकाले विवादित ठाउँमा थप काम गरेका थिएनन्।
गाउँपालिका अधिकृत चन्द्रसिङ श्रेष्ठले भने विवाद समाधानका लागि भूमेको १ तथा निसिखोलाको ५ र ६ वडाका साथै गाउँपालिका पनि सकारात्मक रहेको बताए।
निसिखोला गाउँपालिका अध्यक्ष तारानाथ शर्माले विवाद समाधानका लागि दुवै गाउँपालिका सकारात्मक रहेकाले यो विवाद लामो नजाने बताएका छन्। विवाद समाधान गराएर महत्वपूर्ण ठाउँको उपयोग गरेर विकास र आम्दानीतर्फ जोड्ने योजना रहेको अध्यक्ष शर्माको भनाई छ।
विकासका लागि विवाद देखिएको भएपनि काम गर्दै जाँदा त्यो पनि पूरा हुँदै जाने र यसका लागि आवश्यक परे थप समन्वय र छलफल गर्न कमला रोकाले अनुरोध गरिन् । काम गर्ने क्रममा आइपरेका असजिलोलाई सजिलो बनाएर विकास निर्माणलाई गति दिन उनले आग्रह गरेकी छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न