
खोटाङ । खोटाङको साविक सदरमुकाम दिक्तेल बजारको सडक ढलानका लागि थप ५ करोड रुपैयाँ बजेट प्राप्त भएको छ। पहिलो चरणमा दिक्तेल बजारको जिरो प्वाइन्टदेखि सिँचाइ गेट, त्रिवेणीचोकदेखि मालपोत कार्यालय र पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने खण्ड ढलान भइसकेको छ।
बाँकी आरसिसी ढलानका लागि विकास मन्त्रालयबाट थप बजेटको टुंगो लागेको हो। यो बजेटले चालू आर्थिक वर्षभित्रै दिक्तेलको सिँचाइ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गरिने दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख दीपनारायण रिजालले बताए।
उनले भने, ‘प्राप्त बजेटबाट सिँचाइ गेटदेखि टेलिकमसम्मको बजार ढलान गर्नेछौँ। यो चालू आर्थिक वर्षभित्रै ढलानको काम हुन्छ। दिक्तेल बजार ढलान गर्ने कामको निरन्तरताका लागि यो बजेट आएको हो।’
अव्यवस्थित बजारीकरणका कारण दिक्तेल बजारको सडक ढलानका क्रममा कतिपय घर तथा पसलका ढोका छेकिन तथा पसलको ढोका सडकभन्दा माथि हुन पुगेको छ। बजारका घरलाई सडकको सतहसँग मिल्ने गरी पुनर्निर्माण गरे मात्र बजार थप व्यवस्थित बन्दै जाने देखिएको छ।
पूर्वी पहाडका सबै जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेल बजारमा ढलानको काम सुरु गरिएको छ। दिक्तेल बजार ढलान सुरु भएपछि हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ।
बर्खा लागेपछि बजारका सडकमा हिँड्नै मुस्किल पर्छ। सदरमुकाम पिच÷ढलान नभएका कारण बर्खायाममा हिलाम्मे हुने गरेको छ।
सडक फराकिलो बनाउन बजारबासीले जग्गा छाड्ने अवस्था नभएपछि स्थानीय विकास शुल्क कोषबाट आर्थिक वर्ष २०७३र७४ मा दिक्तेल बजार कालोपत्रेका लागि आएको बजेट फ्रिज भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]