Dark

ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने 


काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। पछिल्लो समय आईपीओमा आकर्षण बढिरहँदा ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको हो।

आईपीओ निष्काशनका लागि ज्योति लाइफ इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोडैले अनुमति दिइसकेको छ। 

बोर्डले इन्स्योरेन्सलाई ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न फागुन ७ गते अनुमति दिएको हो। इन्स्योरेन्सले एनएमबि क्यापिटललाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै