Dark

रङ्गकर्मी भीष्म जोशीको शब्दमा ‘समय र उमेर’ म्युजिकल फिल्म (भिडियोसहित)

काठमाडौँ । रङ्गकर्मी भीष्म जोशीले नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक गरेका छन् ।

विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका छन् ।

सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको गीतमा भीष्म जोशीका शब्द तथा सविन सेन्चुरीकै सङ्गीत रहेको छ । 

गीतको भिडियोमा रङ्गकर्मी जोशीसहित रिस्ता बस्नेत, नेहा शाही, रवीन्द्र थापा लगायतको अभिनय देख्न सकिन्छ ।

सुजय गौतमको छायाङ्कन तथा हेमन्त अधिकारीको ‘आर्ट डिरेक्सन’ रहेको गीतको भिडियोलाई रङ्गकर्मी जोशी स्वयंले निर्देशन गरेका हुन् ।जेसन लोप्चनको सम्पादन, धिरज अधिकारीको रंग संयोजन तथा साउन्ड डिजाइन रहेको  गीतको भिडियो आर्ट घर यु–ट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
75 %
WOW
0 %
 Like
0 %
Laugh
25 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै