Dark

धनगढीका मेयर हमालले प्रधानमन्त्रीलाई पुरानो आश्वासन सम्झाए, ‘खै त सुदूरपश्चिममा विकास ?’

कैलाली । धनगढीका मेयर गोपाल हमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफैंले दिएको आश्वासन स्मरण गराएका छन् ।

सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई मेयर हमलाले महोत्सवमै दिएको आश्वासन स्मरण गराएका हुन् ।

‘केही वर्ष पहिले यही महोत्सव उद्घाटन गर्न आउँदा अबको विकास सुदूरपश्चिम केन्द्रीय हुन्छ भन्नू भएको थियो’, मेयर हमालले प्रधानमन्त्रीलाई स्मरण गराउँदै भने, ‘खै त सुदूरपश्चिममा विकास ?’

मेयर हमालले सुदूरपश्चिममा एक मात्र मेडिकल कलेज नभएको एउटा पनि औद्योगिक क्षेत्र नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डलाई तत्काल ती क्षेत्रमा चासो दिन आग्रह गरेका थिए ।

यसै आथिक वर्ष भित्र मेडिकल विश्व विद्यालयको समस्या समाधान गरेर उद्घाटन गर्ने गरि अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई मेयर हमालले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै